प्रतिनिधिसभा बैठक सुरु: एमाले संसद् अवरोधबाट पछि हट्यो


प्रतिनिधिसभा बैठक सुरु: एमाले संसद् अवरोधबाट पछि हट्यो

काठमाडौं, जेठ ३ गते। प्रतिनिधि सभाको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बैठक सुरु भएको हो। 

नेकपा एमालेले झन्डै ९ महिना देखि जारी राखेको संसद् अवरोध अन्त्य गरेको छ ।

एमाले उपमहासचिव तथा सांसद प्रदीपकुमार ज्ञवालीले त्यसको जानकारी संसदमा गराएका हुन् ।

बजेट अधिवेशन सुरु भएको दिनबाट एमालेले अवरोध अन्त्य गरेको हो । एमालेले भदौ २३ देखि संसदमा विरोध जारी राखेको थियो ।

एमालेले माधवकुमार नेपालसहितका नेतालाई सांसदबाट हटाउन सिफारिस गरेको थियो । उपमहासचिव ज्ञवालीले एमालेले आफ्ना असन्तुष्टिहरू फरक शैलीमा प्रस्तुत गर्ने पनि जानकारी दिएका छन् ।

उनले आफ्नो दललाई विभाजन गरेर जानेहरुलाई जनताले सउचित ढंगले फैसला गर्ने बताएका थिए ।  उनले आजैदेखि संसदको अवरोध हटाएको र विरोधलाई प्रस्तुत गर्ने निर्णय गरेको बताएका थिए ।

पार्टी विभाजनका लागि भएका क्रियाकलापलाई फरक तरिकाले विरोध गरिरहने बताएका थिए ।