काठमाडौँ महानगर अपडेट : बालेनको अग्रता बढ्दो


काठमाडौँ महानगर अपडेट : बालेनको अग्रता बढ्दो

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ  र जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई कायम राखेका छन् ।

 उनले ११४३४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ६२५८ मत पाएका छन् ।

स्थापित र साह बीचको मतान्तर ५१७६ देखिएको छ ।  यस्तै मेयरका  सत्ता गठबन्धनका उम्मेदवार सिर्जना सिंहले ५४०८ मत पाएकी छन् ।