स्थानीय तह निर्वाचन २०७९को निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्मको नतिजाअनुसार कांग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ ।
अहिलेसम्म कांग्रेसले १२१ स्थानमा विजयी हासिल गरेको छ भने १९१ पालिकामा अग्रता कायमै राखेको छ ।
७५३ पालिकामध्ये अहिलेसम्म ७०१ पालिकाको मतगणना भइरहेको छ । विभिन्न कारणले स्थगित भएका ५२ पालिकामा मतदान जारी छ । कतिपयमा भोलिसम्म मतदानको समय राखिएको छ ।