मोदी द्वारा लुम्बिनीमा मायादेवी मन्दिरको दर्शन, प्रधानमन्त्री देउवासंग द्विपक्षीय वार्ता हुने


मोदी द्वारा लुम्बिनीमा मायादेवी मन्दिरको दर्शन, प्रधानमन्त्री देउवासंग द्विपक्षीय वार्ता हुने

लुम्बिनी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार पहिलोपटक लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरेका छन् । मोदीको यो पाँचौँ नेपाल भ्रमण हो ।

मोदीले प्रधानमन्त्री शेरबहादुर देउवासँगै मायादेवी मन्दिरमा पूजा–आराधना गरेका छन् ।

लुम्बिनी भ्रमणका लागि मोदी आजै बिहान भारतीय वायुसेनाको हेलिकोप्टरमार्फत लुम्बिनी आइपुगेका हुन् । प्रधानमन्त्री देउवा र उनका समकक्षी मोदीबीच आजै द्विपक्षीय वार्ता हुनेछ । मोदी आजै साँझ स्वदेश फर्कने तालिका छ ।