बझाङको बुंगलको मेयरमा काँग्रेसका धामी र उपमेयरमा समाजवादीका बोहरा विजयी


बझाङको बुंगलको मेयरमा काँग्रेसका धामी र उपमेयरमा समाजवादीका बोहरा विजयी

बझांग- बझाङको बुंगल नगरपालिकामा मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा नेपाली काँग्रेस उपमेयरमा नेकपा एकीकृत समाजवादी विजयी भएको हो । 

काँग्रेसका जयबहादुर धामीले मेयरमा जित हात पार्दा उपमेयरमा समाजवादीका धनबहादुर बोहरा विजयी भएका हुन् । मेयरमा निर्वाचित धामीले ७ हजार ६१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी धनदेवी कुँवरले ३२७१ मत प्राप्त गरिन् ।

यस्तै उपमेयर पदमा विजयी बोहराले ६ हजार ६४६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अम्मरराज जोशीले २ हजार ९३२ मत प्राप्त गरे ।