बैतडीको पञ्चेश्वरमा एमालेका गोरखबहादुर चन्द र बिना भट्ट विजयी


बैतडीको पञ्चेश्वरमा एमालेका गोरखबहादुर चन्द र बिना भट्ट विजयी

बैतडी ।  बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेकपा एमालेका गोरखबहादुर चन्द विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकै बिना भट्ट विजयी भएकी छिन् ।

अध्यक्षमा एमालेका चन्दले ३७८२ मत ल्याएर विजयी भएका छन् । भने उनका प्रत्यासी कांग्रेसका रमेश भण्डारीले २४८८ मत ल्याएका छन् । 

चन्द र भट्ट २०७४ को स्थानीय तहको निर्वाचनमा पनि विजयी भएका हुन् । अन्तिम मत परिणाम अनुसार अध्यक्षमा चन्द झण्डै १३ सय मतान्तरले विजयी भएका छन् । उनले ३ हजार ७ सय ८२ मत ल्याउँदा गठबन्धनका कांग्रेस उम्मेदवार रमेश भण्डारीले २ हजार ४ सय ८८ मत ल्याएका छन् । 

उपाध्यक्षमा एमालेकै बिना भट्टले ३ हजार ६४ मत ल्याउँदा गठबन्धनका उम्मेदवार नेकपा (एकिकृत समाजवादी) का राजेन्द्र चन्दले २ हजार ५ सय मत प्राप्त गरेका छन् ।  पञ्चेश्वर गाउँपालिकाको वडा नं। १ मा माओवादी केन्द्रबाट देवानीराम सार्की विजयी भएका छन् भने, वडा नं। २ मा माओवादी केन्द्रकै वीर बहादुर चन्द विजयी भएकाछन् । 

वडा नं ३ मा नेकपा एमालेका मिन बहादुर चन्द विजयी भएका छन् । वडा नं ५ मा नेपाली कांग्रेसका नरेश चन्द ४४७ मत लिएर विजयी हुँदा वडा नं. ६ मा एमालेका रामसिंह पुजारा विजयी हुनुभएको छ छन् । वडा नम्बर ६ मा नेकपा एमालेका जनक बहादुर चन्द विजयी भएका छन् ।