गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुबेतको जजिरा एयरवेजको पहिलो विमान अवतरण, अन्तर्राष्ट्रिय उडान सुरु


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुबेतको जजिरा एयरवेजको पहिलो विमान अवतरण, अन्तर्राष्ट्रिय उडान सुरु

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुबेतको जजिरा एयरवेजको विमान अवतरण भएको छ । जजिराले बुद्ध जयन्तीको अवसर पारेर गौतमबुद्धमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको हो । विमानस्थलको औपचारिक उद्घाटनको क्रममा कुबेतबाट आएको जजिरा एयरबेजको विमान अवतरण गरेको छ । 

जजिरा अगाडि काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको जहाज अवतरण भएको थियो । नेपाल एयरलाइन्सले काठमाडौंबाट व्यवसायिक उडान सुरु गरेको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय व्यवसायिक उडान भने जेठ २९ गतेमात्र हुनेछ ।