देशभरका ७५३ स्थानीय तहमध्ये हालसम्म १५ वटा स्थानीय तहमा अन्तिम मतगणना परिणाम आइसकेको छ।
शनिबार मध्यरातिसम्ममा प्राप्त नतिजा अनुसार निर्विरोध भएका समेत गरी नेकपा एमाले अग्रस्थान ६, नेपाली कांग्रेसले ५, नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले एउटा पालिकाको प्रमुख जितेका छन्।
नेकपा एमाले विजयी भएका पालिकाहरु
– मनाङको मनाङ ङिस्याङ गाउँपालिका : कान्छा घले विजयी
– मनाङको चामे गाउँपालिका : लोकेन्द्रबहादुर घले विजयी
– मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका : लोप्साङ छोम्पेल विष्ट विजयी
– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका : रिङजिन नामगेल गुरूङ विजयी
– मुस्ताङको लोमान्थाङ गाउँपालिका : टसी न्वर्वु गुरूङ विजयी
– डोल्पाको से फोक्सुण्डो गाउँपालिका : धावा सम्डुङ गुरुङ विजयी
नेपाली कांग्रेस विजयी भएका पालिकाहरु
– मनाङको नार्पा भूमी गाँउपालिका : कोन्जो तेन्जीङ लामा विजयी
– मनाङको नासोँ गाउँपालिका : धनबहादुर गुरुङ विजयी
– मुस्ताङको घरपोझङ गाउँपालिका : मोहनसिंह लालचन विजयी
– गुल्मीको रेसुङ्गा नगरपालिकामा- खिलध्वज पन्थी विजयी
– गन्यापधुरा गाउँपालिका- ईन्द्र बहादुर कार्की
नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका
– डोल्पाको छार्का साङतोङ गाउँपालिका : सेनाङ गुरुङ विजयी
– डोल्पाको काइके गाउँपालिका : अंगदकुमार राना विजयी
नेकपा माओवादी केन्द्र
– डोल्पाको जगदुल्ला गाउँपालिका: नारसिङ रोकाय विजयी