जुम्लामा स्वतन्त्रबाट दलित समुदायका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित


लेखक : लेखापढी      १ जेष्ठ २०७९, आईतवार १४:४३ मा प्रकाशित     
जुम्लामा स्वतन्त्रबाट दलित समुदायका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित

जुम्लाको कनकासुन्दरी–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानल विजयी भएको छ  । वडाध्यक्षमा धनबहादुर कामीसहित उनको नेतृत्वमा उठेका तीन जना स्वतन्त्र उम्मेदवारहरु पनि विजयी भएका हुन् । 

दलित समुदायले उक्त वडामा स्वतन्त्र उम्मेदवारका रुपमा कामीलाई अघि सारेको थियो । धनबहादुरले २८८ मत प्राप्त गरेर विजयी भएका हुन् ।  उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कप्तान बहादुर शाहीले २२० मत ल्याए ।

दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल निर्वाचित भएकी छन्। महिला सदस्यमा भने काँग्रेसकी रामुदेवी काफ्ले निर्वाचित भएकी छन्। वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका छन्।