धनगढी- धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम गरेका छन्।
मेयर पदका उम्मेदवार ११५३ मत गणना गर्दा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ५२४ मत प्राप्त गर्दै अग्रता बनाएका छन् ।
अहिले मेयरपदमा नृपबहादुर वड (गठबन्धन कांग्रेस) ३३७ मत, रणबहादुर चन्द (एमाले) ४९ प्राप्त गरेका छन्। यस्तै, बदरमत संख्या २४३ रहेको छ।