डडेल्धुराको आलिताल–६ वडाध्यक्षमा पुनः एमालेका बुढाले जिते


लेखक : लेखापढी      १ जेष्ठ २०७९, आईतवार १५:०४ मा प्रकाशित     
डडेल्धुराको आलिताल–६ वडाध्यक्षमा पुनः एमालेका बुढाले जिते

डडेल्धुराः डडेल्धुराको आलिताल–६ को वडाध्यक्षमा एमालेका कुम्भर बुढा पुनः विजयी भएका छन्।

कांग्रेसका उम्मेवार रामबहादुर कुँवरलाई ११ मतले हराउँदै बुढा वडाध्यक्षमा निर्वाचित भएका हुन्।

बुढाले २२९ मत ल्याउँदा कुँवरले २ सय १८ मत पाए। यस्तै माओवादी केन्द्रका विष्णुबहदुर बिष्टले २ सय ४ मत प्राप्त गरे।

यस अघि २०७४ मा भएको स्थानीय तहमा पनि बुढा नै वडाध्यक्षमा विजयी भएका थिए।