कैलालीको जोशीपुर–१ मा रेशम चौधरीको पार्टीका वडाध्यक्षमा निर्वाचित


लेखक : लेखापढी      १ जेष्ठ २०७९, आईतवार १४:५५ मा प्रकाशित     
कैलालीको जोशीपुर–१ मा रेशम चौधरीको पार्टीका वडाध्यक्षमा निर्वाचित

कैलाली- कैलालीको जोशीपुर गाउँपालिका–१ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा रामचन्द्र चौधरी प्यानल सहित विजयी भएका हुन् । 

चौधरी ७७३ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ४७१ मत पाए । वडा नम्बर १ मा एमालेले ३११ मत मात्र प्राप्त गर्‍यो ।