जुम्लामा राप्रपाको २ वडा सदस्य निर्वाचित: २५ वर्षपछि खाता खोल्यो


लेखक : लेखापढी      ३१ बैशाख २०७९, शनिबार १४:५२ मा प्रकाशित     
जुम्लामा राप्रपाको २ वडा सदस्य निर्वाचित: २५ वर्षपछि खाता खोल्यो

 जुम्ला: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २५ वर्षपछि पहिलोपटक जुम्लामा चुनावी जित हात पारेको छ । 

जिल्लाको कनकासुन्दरी गाउँपालिका–१ मा राप्रपाबाट दुई वडा सदस्य विजयी भएका हुन् । राप्रपाबाट मानबहादुर कठायत र बिजुली बुढा वडा सदस्य निर्वाचित भएको पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए ।

राप्रपाले जुम्लामा २०५४ सालदेखि यता कुनै चुनाव जित्न सकेको थिएन्। उनीहरु दुवै समान ३६८ भोट ल्याएर विजयी भएका हुन् । गत ०७४ सालको स्थानीय चुनावमा राप्रपाले जिल्लाभरिबाट ८६३ भोट ल्याएको थियो ।