कञ्चनपुरको बेलौरीमा माओवादीले खाता खोल्यो, धनबहादुर विष्ट बने अध्यक्ष


लेखक : लेखापढी      ३१ बैशाख २०७९, शनिबार १४:२४ मा प्रकाशित     
कञ्चनपुरको बेलौरीमा माओवादीले खाता खोल्यो, धनबहादुर विष्ट बने अध्यक्ष

महेन्द्रनगर- कञ्चनपुरको बेलौरी नगरपालिका–१ को वडा अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विष्ट विजयी भएका छन् । विष्ट ६ सय ५९ मत ल्याउँदै वडा अध्यक्षमा विजयी भएका हुन् ।

एमालेका नमराज शाहीले ५ सय ५२ मत पाउँदा कांग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएका छन् । बेलौरीको मेयर र उपमेयरमा पनि माओवादीकै अग्रता छ । वडा नं. १० को मत गणना जारि ।