समग्रमा कम्तीमा ६४ प्रतिशत मत खसेको, काठमाडौंमा ५२ प्रतिशत मत खस्योः निर्वाचन आयोग


लेखक : लेखापढी      ३० बैशाख २०७९, शुक्रबार २०:३५ मा प्रकाशित     
समग्रमा कम्तीमा ६४ प्रतिशत मत खसेको, काठमाडौंमा ५२ प्रतिशत मत खस्योः निर्वाचन आयोग

 आयोगको प्रारम्भिक अनुसार समग्रमा कम्तीमा ६४ प्रतिशत मत खसेको छ । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं जिल्लामा ५२ प्रतिशत मत खसेको छ।

काठमाडौं महानगरपालिकासहित धेरै मतदाता भएका स्थानमा अपेक्षाअनुसार मतदान नभएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर धेरै मतदाता भएको ठाउँमा कम खसेको भन्दै सन्तोषजनक नभएको टिप्पणी गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले काठमाडौंमा ५२ प्रतिशतमात्रै खसेको प्रारम्भिक तथ्यांक प्रस्तुत गरे। ‘यो तथ्यांक सन्तोषजनक लागेको छैन। भोलि विस्तृत तथ्यांक आउँछ,’ उनले भने।