प्रधानमन्त्री देउवाद्वारा स्याङ्जा दुर्घटनाप्रति दु:ख व्यक्त


लेखक : लेखापढी      ३० बैशाख २०७९, शुक्रबार १८:२७ मा प्रकाशित     
प्रधानमन्त्री देउवाद्वारा स्याङ्जा दुर्घटनाप्रति दु:ख व्यक्त

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्याङ्जामा भएको जिप दुर्घटनाको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाने क्रममा जिप दुर्घटनामा परी १४ जनाको ज्यान गएको घटनाप्रति  विज्ञप्तिमार्फत दु:ख व्यक्त गरेका हुन्। 

उनले दुर्घटनामा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। स्याङ्जाको वालिङ नगरपालिका–१४, पञ्चमूल अर्चलबासमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परी १४ जनाको ज्यान गएको थियो। दुर्घटनामा ११ जना घाइते भएका छन् ।