देशैभरका ३२ मतदानस्थानको निर्वाचन प्रभावित


लेखक : लेखापढी      ३० बैशाख २०७९, शुक्रबार १८:०१ मा प्रकाशित     
देशैभरका ३२ मतदानस्थानको निर्वाचन प्रभावित

देशैभरका ३२ मतदानस्थानमा निर्वाचन प्रभावित भएको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले देशभरका ३२ वटा मतदान केन्द्रमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूबीचको द्वन्दका कारण मतदान स्थगित भएको तर रद्ध नभएको बताएका छन् ।

‘देशैभरका ७५३ स्थानीय तहमा मतदाता, उम्मेदवार वा अन्य विविध कारणले ३२ मतदानस्थानको निर्वाचन प्रभावित भयो।त्यसमध्ये कतिपय स्थानमा सहमती भएपछि मतदान प्रक्रिया सुरु भएका थिए’ थपलियाले भने,‘स्थागित भएको मतदान केन्द्रको तथ्यांक संकलन गरी राखेका छाैं। सबै संकलन गरेपछि एकिन तथ्यांक भन्छौ।’