बैतडीमा ११३ वर्षीया मानमती भट्टले हालिन् भोट


बैतडीमा ११३ वर्षीया मानमती भट्टले हालिन् भोट

बैतडीः सुदूरपश्चमि प्रदेशकाे बैतडी जिल्लामा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छन् ।

जिल्लाको पाटन नगरपालिका ४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन्। 

मतदान केन्द्रमा आज बिहान उनले पहिलो मत हालेर मतदानको उदघाटन गरेको उनका छोरा समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए ।

बैतडीमा ४ सय ४० जनप्रतिनिधि छान्नका लागि मतदान भईरहेको छ ।