बाबुराम भट्टराईद्वारा मत दिइरहेको तस्बिर सार्वजनिक


लेखक : लेखापढी      ३० बैशाख २०७९, शुक्रबार १०:३० मा प्रकाशित     
बाबुराम भट्टराईद्वारा मत दिइरहेको तस्बिर सार्वजनिक

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेका छन् ।

मतदान केन्द्रमा मोबाइल लैजान र फोटो खिच्न नपाइने भए पनि भट्टराईले मत दिएको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको हो । उहाँले गोरखाको पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

मतदान गरेपछि उनले भनेका छन्, “लोकतान्त्रिक अधिकार र कर्तव्यको निर्वाह गरियो । सबैले मतदान गरौं; स्थानीय लोकतन्त्र सुदृढ गरौं !”