धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले महिला प्रयोग गरेर आफ्नो चरित्र हत्या गरिएको बताएका छन्। षडयन्त्र पूर्वक एक महिलालाई मादक पदार्थ सेवन गराएर विभिन्न आरोप लगाएको भिडियो सार्वजनिक भएपछि उनले विज्ञप्तिमार्फत उक्त कुरा बताएका हुन्।
तर स्वयम् तिनै महिलाले उक्त कुरा भुटो भएको बताएकी छिन्। उनले आफूलाई मादक पदार्थ सेवन गराएर हमालको विरुद्धमा बोल्न लगाएको स्पष्ट पार्दै अर्को भिडिओमा बताएकी छिन्। उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
‘कहिले मत बेचेर करोड कमायो, कहिले आरजु देउवालाई घर बेचेर मिलोमतो गर्यो, कहिले बेहडाबाबाको झुठो कसम खायो, कहिले एक्लो गोपाल हमाल कुनै काम गर्न सक्दैन जस्ता दुष्प्रचार गरेर षडयन्त्र गरिएका छन्’ हमालले प्रेस विज्ञप्तिमा भनेका छन्।
मौन अवधिमा गलत बाटो प्रयोग गरेर हमालमाथि गरिएको दुष्प्रचारको अहिले चर्को विरोध भइरहेको छ।