बुटवलको मिलनचोकमा बम बिस्फोट


लेखक : लेखापढी      २८ बैशाख २०७९, बुधबार २१:५७ मा प्रकाशित     
बुटवलको मिलनचोकमा बम बिस्फोट
 
 

काठमाडौँ- बुटवलको मिलनचोकमा बम बिस्फोट भएको छ।

बुधबार साँझ साढे आठ बजेतिर बुटवल मिलनचोकस्थित सनराइज बैंकअगाडि प्रेसर कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ। बम विष्फोट भएको ठाउँमा नेकपा माओवादीको पर्चा समेत भेटिएको प्रहरीले जनाएको छ । विष्फोटबाट ठूलो क्षति नभएको डिएसपी केसीले बताए । ​

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ढगबहादुर केसीका अनुसार अज्ञात समूहले बम बिस्फोट गराएको बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको समेत बताए ।