जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा दिने गरी शिक्षा मन्त्रालयले औपचारिक निर्णय गरेको छ । बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि लागु हुने गरी शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो ।
हाल रहेको विद्यालय समयलाई यथावत राखी शुक्रबार आधा छुट्टीको व्यवस्था भने हटाइएको छ । यस अघि वर्षभरी स्थानीय, हिउँदे, वर्खे गरी गरी ५० दिन विदा दिने व्यवस्था थियाे भने अव यसै गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिन पाइने भएको छ ।