सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्कसँग मतदान केन्द्रमा पुगि भोट दिनुहोस् : धिरज प्रताप सिंह


लेखक : लेखापढी      २८ बैशाख २०७९, बुधबार १४:४१ मा प्रकाशित     
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्कसँग मतदान केन्द्रमा पुगि भोट दिनुहोस् : धिरज प्रताप सिंह

काठमाडौं। सुरक्षित र भयरहित तवरले निर्धक्क भइ मतदान केन्द्रमा पुगि आफ्नो अमुल्य मत दिन सम्पूर्ण मतदाताहरुलाई प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले अनुरोध गरेका छन् । उनले स्थानिय निर्वाचनको पूर्व संध्यामा एक टेलिभिजन मार्फत र विभिन्न सञ्चारका माध्यामहरुबाट समेत यस्तो अनुरोध गरेका हुन् ।

माहानिरीक्षक सिंहका अनुसार यस पटकको स्थानीय निर्वाचन आफैमा सुरक्षित छ, किनभने यस अघिका निर्वाचनहरुमा जस्तो कुनै संघ-संगठन वा समुहले निर्वाचन वहिस्कार गर्ने तथा निर्वाचन असफल गराउने प्रकारका कुनैपनि सार्वजनिक गथिविधी गरेका छैनन् तसर्थ यो स्थानिय निर्वाचन भयरहित र सुरक्षित नै हुन्छ भन्ने छ । तथापि हामीले सुरक्षाका अन्य चुनौतिहरुलाई नकारेका छैनौं, त्यसैले सुरक्षा चुनौतिका हिसाबले क्षेत्रगत बर्गिकरण गरेर सुरक्षा संयन्त्रलाई त्यसै अनुरुप चुस्त र मजबुत बनाएका छौं, उनले भने ।

देशभर एकै दिन सम्पन्न हुने निर्वाचनका लागि नयाँ भर्ना गरिएका १ लाख म्यादि प्रहरी र झण्डै ८० हजारको संख्यामा रहेका नेपाल प्रहरी समेत निर्वाचन क्षेत्र हेरेर त्यतिकै संख्यामा खटाइएको छ । मतदाताहरुलाई ढुक्क भएर मतदान केन्द्रसम्म जाने, निर्धक्क भइ आफ्नो मत दिने र पुनः घरसम्म सुरक्षित फर्किन समेत सुरक्षाको चाँजोपाँजो मिलाईएको छ, आइजीपी सिंहले भनेका छन् । नेपाल प्रहरी भित्री सुरक्षामा खटेको छ । बाहिर स्टाईकिङ्ग सुरक्षा भनेर सशस्त्र प्रहरीको मोबाईल टोली रहने छ भने त्यो भन्दा बाहिरी सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ, उनले भने ।

देशका तिनवटै सुरक्षा निकाय बैशाख ३० गते देशैभर एकसाथ हुने स्थानिय निर्वाचनको सुरक्षाको पूर्ण जिम्मेवारका साथ आ-आफ्नो कार्यस्थलमा खटिसकेका छन्, केही अन्तिम बिन्दुमा छन्, छिट्टै पुगेर सुरक्षा जिम्मा लिनेछन्, आम जनसमुदायलाई ढुक्क भएर मतदान केन्द्रमा गइ भोट दिन उनले अनुरोध गरे । आईजीपी सिंहले बैशाख ३० गते मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने तालिका सार्वजनिक गरेकोले पानीबाट नभभिज्न छाता र ओतको ब्यवस्था गर्न समेत सबै मतदाताहरुलाई अनुरोध गरेका छन् ।