एमालेको आज हुने अन्तिम निर्वाचन केन्द्रित सभालाई ओलीले सम्बोधन गर्ने


लेखक : लेखापढी      २७ बैशाख २०७९, मंगलवार ०८:०३ मा प्रकाशित     
एमालेको आज हुने अन्तिम निर्वाचन केन्द्रित सभालाई ओलीले सम्बोधन गर्ने

काठमाडौं। नेकपा एमालेले आज काठमाडौंको भृकुटी मण्डपमा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा गर्न लागेको काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यले जानकारी दिए ।

नेकपा एमालेले आज गर्ने सभा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा हो, शाक्यले भने, देशभरि नै सन्देश दिने उदेश्यले काठमाडौंमा अन्तिम चुनावी सभा गर्न लागेका हौं । आजको सभामा काठमाडौं महानगरपालिकासहित काठमाडौं जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ-आफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुने पनि शाक्यले जानकारी दिए ।

११ वटै पालिकाका लागि हामीले बागबजार, सुन्धारा र पुतलीसडक गरी तीन स्थान तोकेका छौं, काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले भने, उहाँहरु तीन स्थानबाट जुलुस र झाँकीसहित भृकुटी मण्डपमा दिउँसो २ बजे पुग्नु हुनेछ । सभालाई पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ ।