कक्षा १२ को परीक्षा केन्द्र तोकियो (हेर्नुहोस परिक्षाकेन्द्र)


लेखक : लेखापढी      २६ बैशाख २०७९, सोमबार १५:०५ मा प्रकाशित     
कक्षा १२ को परीक्षा केन्द्र तोकियो (हेर्नुहोस परिक्षाकेन्द्र)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको २३ गते बसेको बैठकले परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जनाएको छ ।

बोर्डले सूचना जारी गर्दै परीक्षार्थीलाई बोर्डको वेबसाइटमा परीक्षा केन्द्रबारे विस्तृतमा हेर्न सूचित गरेको छ । साथै बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यलय एवं शाखा कार्यलयहरुले समेत आ–आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई जानकारी गराउन अनुरोध गरेको छ । 

बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने भएको छ । परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नै सञ्चालन गरिनेछ।बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्।

 परीक्षा केन्द्र हेर्न  बोर्डको वेवसाइट: https: //www.neb.gov.np/notices/details/-ioyr