कामीरिता शेर्पाले २६ औं पटक सगरमाथाको सफल आरोहण; तोडे आफ्नै रेकर्ड


कामीरिता शेर्पाले २६ औं पटक सगरमाथाको सफल आरोहण; तोडे आफ्नै रेकर्ड

काठमाडौँ- आरोही कामीरिता शेर्पाले सगरमाथा आरोहणको आफ्नै रेकर्ड तोडेका छन् ।  उनले शनिबार ८८४८.८६ मिटर अग्लो सगरमाथाको २६ औँ पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।

उनले पहिलो पटक मेइ १३, १९९४ मा सगरमाथाको सफल आरोहण गरेका थिए भने केटु, लोत्से, मनास्लु, चोयुलगायतका हिमाल आरोहणको पनि रेकर्ड बनाएका छन् । कामिरिता सेभेन समिट ट्रेकको वरिष्ठ आरोही गाइडका रुपमा कार्यरत छन् । अघिल्लो वर्ष कामिरिताले सगरमाथाको २५ औं आरोहण पुरा गरेका थिए ।

ट्रेकले भनेको छ, ‘कामीरिता शेर्पाले २६ औं पटक सगरमाथाको सफल आरोहण गरेर अर्को रेकर्ड बनाउनु भएको छ ।’ शेर्पाको टोलीमा उनीसहित अरु १० जना आरोही पनि रहेको जनाइएको छ ।