‘सफल इन्जिनियर भवः’- केशब स्थापितको आशिर्बाद


‘सफल इन्जिनियर भवः’- केशब स्थापितको आशिर्बाद

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन साहबीच जम्काभेट भएको छ ।

चुनावी घरदैलोका क्रममा उहाँहरूबीच शान्तिनगरमा आज आइतवार बिहान जम्काभेट भएको हो । भेटमा दुवै जनाले हासि मजाक गरेका छन् भने फोटो पनि खिचाएका छन् ।

भेटमा बालेनले आफूलाई आशीर्वाद दिन भन्दै स्थापितको हात हाफ्नो टाउकोमा राख्नुभयो । आशीर्वाद दिँदै स्थापितले भन्नुभयो, ‘सफल इन्जिनियर भवः’ ।

जम्काभेटमा दुवै पक्षका समर्थकले आ–आफ्नो पक्षमा चर्को नाराबाजी गरेका थिए । बालेन र स्थापितले एक अर्कालाई सौहार्दपूर्ण अंकमाल गरि शुभकामना दिएका थिए ।