राप्रपाले हार्छ, यो सानो पार्टी हो भन्ने मानसिकता त्याग्नुहोस् : मृगेन्द्र शेरचन


लेखक : लेखापढी      २५ बैशाख २०७९, आईतवार १८:३८ मा प्रकाशित     
राप्रपाले हार्छ, यो सानो पार्टी हो भन्ने मानसिकता त्याग्नुहोस् : मृगेन्द्र शेरचन

बुटवल। राप्रपाले हार्छ, यो सानो पार्टी हो भन्ने मानसिकता त्याग्नुहोस् म परिवर्तनको लागि, युवा नेतृत्वको लागि, आफ्नो टोलको लागी, आफ्नो वडाको समानुपातिक विकासको लागि र देशको वर्तमान देखि सुन्दर भविस्यको लागि राप्रपा लाई जिताउछु । मेरो एक भोटले राप्रपाले जित्छ भन्ने मानसिकता राख्नुस र हलोमा भोट हाल्नुस् । यो भनाई बुटवल उपमहानगरपालिकाको राप्रपाका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका मृगेन्द्र शेरचनको हो ।

शेरचन भन्छन्, पहिलेको राप्रपा होइन, यो युवाको रोजाइ रहेको अहिले को राप्रपा हो । स्थानीय निकाय समाज सेवा गर्ने ठाउँ हो, राजनीति गर्ने ठाउँ होइन । चुनाबमा पैसा खर्च गरेर चुनावलाई ब्यापार बनाउनेहरुले भोलि अवस्य भ्रष्टाचार गर्छन । अझै पनि हाम्रो समाजमा शिक्षित बर्गहरुले नबुझ्ने हो भने, नबुझेकालाई नसम्झाउने हो भने फेरि पनि यो समाज, यो वडा, यो नगर र ये देशमा परिवर्तन आउँछ भन्नू बेकार हुनेछ । र अझै ५ बर्ष चिया पसल मा बसेर आफ्नै नेतालाई गाली गर्नु सिवाय केही हुने छैन । त्यसैले यो पटक हलो चिन्ह्वमा हालेको हजुरहरुको मत खेर जादैन । ढुक्क हुनुहोस् शेरचनले भनेका छन् ।

लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा पर्ने नेपालकै पुराना नगरपालिकाहरुमध्ये एक, बुटवल उप-महानगरपालिकामा राप्रपाले यसपटक निकै ह्याबीवेट, बुटवला निकै पुराना ब्यावसायी तथा बरिष्ठ समाजसेवीको पहिचान बनाएका ब्याक्ति मृगेन्द्र शेरचनलाई अगाडी सारेको छ । शेरचनको उम्मेदवारीले बुटवल उपमहानगर चुनावी सगर्मीमा चुर्लुम्मै डुबेको छ । उपमहानगरमा रहेका १९ वटा वडामध्य १० नम्बर वडामा बाहेक राप्रपाले बाँकी सबै वडामा आफ्ना उम्मेदवारलाई कडारुपमा अगाडी सारेको छ ।

शनिबार चुनावी प्रचारमा बुटवल पुगेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समेत बुटवल उपमहानगरपालिकामा करिव ३ हजार नयाँ मतदाता थपिएको, त्यस मध्य करिव २ हजार ५ सय मतदाताले पहिलो पटक मतदान गर्दै छन् । जो युवा पुस्ता हुन् र युवा पुस्ताले बुझेको छ, कि यो देश भ्रष्टाचारको कारण कठिन अवस्थामा छ । त्यसैले युवा पुस्ताको भ्रष्टाचार बिरोधी राजेन्द्र लिङ्देनले नेतृत्व गरेको पार्टी राप्रपा प्रति रूझान छ । हिजो हामीले यति मत पाएका हौं भनेर हिसाव नगर्दा हुन्छ । नेपाली नागरिकले परिवर्तन चाहेको छ । जनता सचेत छन र मत परिवर्तन गर्दैछन् । देश बचाउने र बनाउने पार्टी राप्रपाको अभियानमा समाहित हुदै हुनुहुन्छ, जनसागरलाई सम्बोधन गर्दै भनेका छन् ।

राप्रपाले उपमहानगरको उपप्रमुखमा भने महिला नेतृ भगवती पाण्डेलाई अगाडी सारेको छ ।