क्याप्टेन बिजय लामाका बुवाको स्वास्थ्यमा सुधार


लेखक : लेखापढी      २५ बैशाख २०७९, आईतवार १४:२७ मा प्रकाशित     
क्याप्टेन बिजय लामाका बुवाको स्वास्थ्यमा सुधार

काठमाडौं। बरिष्ट पाईलट क्याप्टेन बिजय लामाका बुवा हेम बहादुर लामा केही दिन देखि अस्वस्थ भइ अस्पताल भर्ना भएका छन् । उनलाई हृदयघातको कारण मनमोहन कार्डिओ थोरासिक अस्पताल, महाराजगन्जको सीसीयू कक्षमा भर्ना गरिएको क्याप्टेन लामाले फेसबुक मार्फत जानकारि गराएका छन् ।

क्याप्टेन लामाले लेखेका छन्, मेरो बाउ हृदयघातका कारण केही दिन देखि मनमोहन कार्डिओ थोरासिक अस्पताल, महाराजगन्जको (CCU) हुनुहुन्छ ।

अस्पतालमा धेरै राम्रो सेवा र उपचारको कारण आज पाचौं दिन केही सुधार देखिएको छ । अझै निकै दिन राख्नु पर्छ भन्ने सल्लाह छ । भेट्नलाई अझै पनि सक्नु हुन्न, लामाले लेखेका छन् ।

निकै ठट्यौली र फरासिला स्वाभावका क्याप्टेन लामाका बुवा हेम बहादुर लामा हाल ९५ वर्षका हुनुहुन्छ ।