दुधौलीमा एमालेको बलियो जनाधारले मेरो जित सुनिस्चित छ : लक्ष्मण कार्की


लेखक : लेखापढी      २५ बैशाख २०७९, आईतवार ११:३४ मा प्रकाशित     
दुधौलीमा एमालेको बलियो जनाधारले मेरो जित सुनिस्चित छ : लक्ष्मण कार्की

भिषण राज पौडेल,

सिन्धुली। बिगत ४० बर्ष देखि राजनीतिमा होमिएका लक्ष्मण कार्की यसपटक सिन्धुलीको दुधौली नगरपालिकाको मेयरका प्रमुख दावेदार हुन् । नेकपा एमालेको तर्फ बाट मेयर पदका उम्मेदवार कार्की तत्कालिन माले हुँदै नेकपा एमालेबाट बाम राजनीति सुरु गरेका राजनितिज्ञ हुन् । उनले दुधौली नगरमा सधैं एमालेले जितेको हुनाले यसपटक पनि एमालेको जित सुनिश्चित रहेको बताउछन् ।

दुधौली नगर एमालेको गढ हो, जुनसुकै गठबन्धनले कुनै असर नगर्ने कार्कीको भनाई छ । जनाधार अरुमा भन्दा एमालेमा निकै बढी छ, यसकारण मेरो जित सुनिश्चित छ, कार्कीले भने । मलाइ भन्दा पनि जनतालाइ बिश्वास गर्छु । सुशासन, समृद्धि र भ्रष्टाचार रहित नगर बनाउने मेरो दृढ संकल्प हो, त्यसैले सबै जनताले भोट हालि अत्यधिक बहुमतले जिताउनु हुन्छ भनेर म बिस्वस्त छु, उनले भने ।

दुधौली नगर पालिकामा कार्की सहित गठबन्धन बाट माओवादी केन्द्रका दिनेश अधिकारी, नेपाली काङग्रेस बिपिबाट गंगा प्रसाद गिरी, स्वतन्त्रबाट केदार गिरी र भरत दाहाल मेयर पदकालागी चुनाबी मैदानमा उत्रेका छन् । अघिल्लो पटक घनश्याम राउतले एमालेबाटै दुधौलीको मेयरमा विजयी हासिल गरेका थिए ।

यसपटक नेकपा एमाले दुधौलीमा आफ्नो विरासत जोगाउने अभियानमा व्यस्त छ भने पाँच दलिय गठबन्धन एमालेको विरासतको अन्त्य गर्दै आफ्नो नेतृत्व बनाउन व्यस्त छन् ।