अनलाईन खबरको रेटिङ ४.२ बाट २.७ मा झर्यो


लेखक : लेखापढी      २५ बैशाख २०७९, आईतवार ०७:४३ मा प्रकाशित     
अनलाईन खबरको रेटिङ ४.२ बाट २.७ मा झर्यो

काठमाडौं। अनलाईन खबर डटकमको रेटिङ् ४.२ बाट घटेर २.७ मा झरेको छ । १८ लाख बढीले पेज लाईक गरेकोमा बिगत ३ दिन यता घटेर १५ लाखमा झरेको भन्दै विभिन्न युजरहरुले फेसबुकमा सेयर गरेका छन् ।

बैशाख २३ गते शम्भु सुस्केराले लेखेको ‘भाइरल उम्मेदवार र राष्ट्रिय झण्डाको अपमान’ शिर्षकमा लेखिएको ब्लग पढेपछि काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवार बालेन साहको बिरुद्ध भन्ने ठानि पाठकहरुले अनलाई खबरलाई डिसलाईक गर्नुपर्ने अभियान नै चलाएका हुन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार ईन्जिनियर बालेन साह र भरतपुर माहानगरपालिकाकी गठबन्धनद्वारा माओबादी केन्द्रकी उम्मेदवार रेणु दाहाल यतिबेला निकै चर्चामा रहेका छन् ।

सामाजिक सञ्जालमा बालेन साहाको यति धेरै चर्चा छ कि मानौं उनले मेयर पदमा सत प्रतिशत जित्छन भन्ने जसरी तर यस अघि २०७४ को निर्वाचनमा रञ्जु दर्शनाको यस्तै चर्चा भएको थियो । मेयरमा बिध्यासुन्दर शाक्यले जितेपछि रञ्जुले फेसबुकको चर्चाले चुनाव जितिन्न भन्ने अभिव्यक्ति दिने गरेकी थिइन् ।

सामाजिक सञ्जालमा युवाहरुको साथ र सपोर्ट पाएका बालेन साहको चुनावी नतिजा कस्तो आउने हो त्यो हेर्न भने बैशाखको पहिलो सातासम्म कुर्नै पर्ने हुन्छ ।