आईपीएल : कोलकातालाई जित्दै लखनऊ शीर्ष स्थानमा


लेखक : लेखापढी      २५ बैशाख २०७९, आईतवार ०७:०६ मा प्रकाशित     
आईपीएल : कोलकातालाई जित्दै लखनऊ शीर्ष स्थानमा

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) टि-२० क्रिकेटमा लखनऊ सुपर जाइन्टसले कोलकाता नाइट राइडर्सलाई ७५ रनले पराजित गरेको छ ।

गतराति पुनेमा भएको खेलमा लखनऊले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकाता १ सय १ रनमै आलआउट भएपछि ७५ रनले पराजित भएको हो ।

पहिले ब्याटिङ गरेको लखनऊले ७ विकेटको क्षतिमा अलआउट हुँदा १ सय ७६ रन बनाएको थियो । जितसँगै लखनऊ शीर्ष स्थानमा उक्लिएको छ ।

खेलमा कोलकाताका आन्द्रे रसेलले ४५ र नारिनेले २२ रन जोडेका थिए भने आरोनफिन्च १४ रनमा आउट भए । लखनउका आभेश खान र जासन होल्डरले ३\३ विकेट लिए ।

लखनऊका क्विन्टन डी ककले ५० रनको अर्धशतकीय इनिङ खेले । दिपक होडाले ४१ रन जोड्दा मार्कुस स्टोनिसले २८ रन बनाए । कुर्नाल पाण्ड्या २५ रनमा आउट भए ।

कोलकाताका आन्द्रे रसेलले २ विकेट लिए । जितसँगै लखनऊ ११ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । कोलकाता ११ खेलमा ८ अंकसहित तालिकाको आठौँ स्थानमा छ ।