प्रचण्डको छोरी जिताउन भरतपुरबासी दास बन्न नसक्ने: जगन्नाथ पौडेल


लेखक : लेखापढी      २४ बैशाख २०७९, शनिबार १४:१३ मा प्रकाशित     
प्रचण्डको छोरी जिताउन भरतपुरबासी दास बन्न नसक्ने: जगन्नाथ पौडेल

काठमाडौं । चितवन भरतपुर महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छोरीलाई चुनाव जिताउनका लागि आफू प्रचण्डको दास नभएको टिप्पणी गरेका छन् । 

शनिबार भरतपुरमा चुनावी कोणसभालाई सम्बोधन गर्दै जगन्नाथ पौडेलले छोरीलाई नजिताए देश संकटमा पर्छ भनेर धम्कि नदिन प्रचण्डलाई चेतावनी दिएका छन् ।

उनले भने- ‘चितवन भरतपुरको समृद्धिको लागि गठबन्धन बनेको हो ? आर्थिक तथा भौतिक पूर्वाधार विकासका लागि गठबन्धन बनेको हो ?’, पौडेलले प्रश्न गर्दै भने, ‘कसैको छोरी र श्रीमती जिताउनका लागि दास बन्न सकिदैन । प्रचण्डको धम्कीपूर्ण भाषाले कोही डराउने वाला छैन् ।’ उनले देशको मायाले गठबन्धन नबनेको दावी गर्दै नेताहरूको पेट भर्नका लागि भरतपुरबासी दास बन्न नसक्ने समेत बताए ।

कांग्रेसका सभापति प्रचण्डको भुलभुलैयामा लागेर कार्यकर्ताको शिर झुकाउने काम गरेको आरोप लगाए । पौडेलले हरेक आन्दोलनमा अग्रणी भूमिका खेलेको पार्टी कांग्रेश प्रचण्डको षडयन्त्रमा फसेको बताए ।