पाँच-छ जनालाई फ्रिमा मलेसिया फठाईदिन्छु : आरजु राणा


पाँच-छ जनालाई फ्रिमा मलेसिया फठाईदिन्छु : आरजु राणा

काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले ५/६ जनालाई मलेसिया पठाईदिने बताएकी छिन् । उनले गृहजिल्ला डडेल्धुराका विभिन्न स्थानमा आयोजित चुनावी कार्यक्रममा यस्तो कुरा बताएकी हुन् ।

प्रधानमन्त्री पत्नीले चुनाव पछि धेरैलाई त सकिन्न ५/६ जनालाई फ्रि भिसा र टिकेटमा मलेसिया पठाईदिने बताएकी हुन् । उनले स्थानिय नेता तथा कार्यकर्तालाई आदेश दिंदै भनिन्, कुन-कुन व्याक्ति हुनुहुन्छ तपाँईहरुले यो वडाको यो भनेर नाम सिफारिस गरि पठाउनु धेरैलाई त भन्दिन ५/६ जनालाई काठमाडौं समेत फ्रिमा लगेर मलेसिया पछाईदिन सकिन्छ ।

उनले यस अघि पनि पार्टीले नजितेका स्थानीय तहमा पैंसा नपठाउने भन्दै विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।