ललितपुर महानगरको मेरयमा पुनः जित्लान त चिरिबाबु महर्जनले ?


ललितपुर महानगरको मेरयमा पुनः जित्लान  त चिरिबाबु महर्जनले ?

ललितपुर। खासै अन्य पत्रकार र सञ्चारमाध्यामहरुलाई प्रवाहा नगर्ने, आफ्नै निष्चित भन्नै पर्दा (खल्तीका) पत्रकार लिएर हिड्ने र प्रचारबाजीमा रमाउने ललितपुर महानगरपालिकाका पूर्व मेयर चिरिबाबु महर्जनलाई नेपाली कांग्रेसले पुनः मेयरको टिकट दिएसँगै उनको चुनावी प्रचार-प्रशार पनि कम्ता रमाईलोको छैन । महानगरमा रहेका २९ वटा वडामा दिनको कम्तिमा ३ वटा वडा भ्याउने गरि घरदैलो कार्यक्रममा हिड्ने गरेका छन् ।

रोचक कुरा त यो हो की उनको घरदैलो कार्यक्रममा केही डिएसएलआर क्यामरा, बुम माईक सहित प्रेस लेखेका ज्याकेटधारी पत्रकारहरु दिनभर उनकै अगाडी-पछाडी र याङ्गल मिलाई-मिलाई उनको तस्विर खिच्न र अचम्म अचम्मका शिर्षक राखि समाचार बनाउनमै ब्यस्त देखिन्छन् । एउटा ब्याक्ति र पार्टीको प्रचार प्रशारमा दिन बिताउने सञ्चारकर्मी र सञ्चारमाध्याम देखेर अचम्म मान्नै पर्दैन ति पत्रकारहरु महर्जनका खल्तिका पत्रकार भन्दा फरक पर्दैन ।

अघिल्लो कार्यकालमा जनतालाई खासै वास्ता नगरेका मेयर महर्जन अहिले घरदैलो कार्यक्रममा जनतालाई ढोग्दै र नमस्ते गर्दै जिताउन अपिल सहित आशिर्वाद मागिरहेका छन् । चिरिबाबु महर्जनले अघिल्लो कार्यकालमा काम भन्दा बढी चर्चा गरेको ललितपुर महानरपालिकाकै उनका प्रतिद्वन्दी नेकपा एमालेबाट मेयरका प्रत्यासी हरिकृष्ण ब्यञ्जनकारले बारम्बार आरोप लगाउने गरेका छन् ।

उनलाई अन्य पत्रकारहरुले (९८५१०२२७२३) नम्बरको उनले प्रयोग गर्ने मोबाईलमा फोन गर्दा फोन नउठाउने, पुनः कल र म्यासेजको प्रतिकृया नदिने, पत्रकारहरु भेटन् जाँदा मैले कुनै पत्रकारलाई भेट्ने समय दिएको छैन भनि आफ्ना पिएलाई जवाफ फर्काउन लगाउने मेयरले जनताको दुःख सुखमा साथ देलान् त भनेर ललितपुरका स्थानियहरुले समेत भन्ने गरेका छन् ।

ललितपुरका स्थानियकाअनुसार हामीले मेयरकारुपमा चिरिबाबु महर्जनलाई ५ वर्ष हेरिसकिउ, उनले आफ्नो चर्चा बटुल्ने कामबाहेक अरु खासै केहि गर्न सकेका छैनन् । त्यसैले यो पटक हरिकृष्ण ब्यञ्जनकारलाई जिताउनु पर्छ । हामीलाई यो पार्टी र त्यो पार्टीसँग कुनै सरोकार छैन, कसले आफ्ना स्थानिय जनता र क्षेत्रको समृद्धी र विकासका लागि राम्रो कार्य गर्छ उसैलाई जिताउने हो, ति स्थानियले भने ।

आक्रामक शैलिमा चुनावी प्रचारमा होमिएका कांग्रेसका चिरिबाबु महर्जन र नेकपा एमालेका हरिकृष्ण ब्यञ्जरकारबिच यसअघि २०७४ को स्थानीय निर्वाचमा समेत प्रतिस्प्रधा भएको थियो । संयोगनै भनौ यसपटक पनि यि दुई उम्मेदवारबिच नै प्रतिस्प्रधा हुने पक्का भएको छ । त्यसैले पनि ललितपुर महानगरपालिकाको चुनावी माहोल निकै गर्मागर्मी छ । यद्धपी चुनाव कसले जित्छ त्यो हेर्न भने बैशाख पहिलो सातासम्म कुर्नै पर्ने हुन्छ ।