हामी गरेर देखाउछौं, नसके पाँच वर्षपछि हामीलाई हराउनुहोस् : रबीन्द्र मिश्र


लेखक : लेखापढी      २३ बैशाख २०७९, शुक्रबार ०८:५८ मा प्रकाशित     
हामी गरेर देखाउछौं, नसके पाँच वर्षपछि हामीलाई हराउनुहोस् : रबीन्द्र मिश्र

काठमाडौं। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हरेक दल आ-आफ्नो प्रचारमा लागिरहेका छन् । यस्तै विवेकशील साझा पार्टीका संयोजक रबीन्द्र मिश्र पनि आफ्नै तरिकाले चुनावी प्रचारमा जुटिरहेका छन् । उनि अहिले कपिलबस्तुको कृष्णनगर नगरपालिकाका विभिन्न गाउँ बस्तिहरुमा चुनावी प्रचार अभियानमा जुटेका छन् ।

चुनावी प्रचारकै क्रममा उनले कृष्णनगरमा हिन्दु र मुशलमान अत्यन्तै मिलेर बसेको बताएका छन् । तर बेला मौकामा विभिन्न राजनैतिक दल र तिनका नेता आएर उनिहरुलाई लडाईँ झगडा गराउने र धार्मिक द्वेस फैलाउने काम गरेको त्यहाँका जनताले आफुसँग दुखेसो पोखेको पनि बताएका छन् । उनका अनुसार कृष्णनगरमा धेरै मुशलमानको बस्ति भएपनि ठाउँ-ठाउँमा हिन्दुका मन्दिर रहेको समेत बताएका छन् ।

हिन्दुहरुले मस्जितमा दुवा माग्ने गरेको र मुस्लिमहरुले मन्दिरमा आशिर्वाद माग्ने गरेको समेत मिश्रले बताएका छन् । हिन्दु-मुस्लिमहरु मिलेर बसेको, उहाँहरुको सौहाद्रता देखेर आफु निकै प्रभावित भएको समेत उनले बताएका छन् । हिन्दु-मुस्लिमको यो मेलमिलापले मलाई अत्यन्तै प्रभावित बनायो उनले भने ।

तथापी यहाँका सडक खाल्डा-खुल्डिले भरिएको, नालिहरु निकास नभइ एकदमै दुर्गन्ध फैलिएको, स्वास्थ्य र सरसफाईको कमि रहेको, यसको समाधानका लागि कुनै पार्टीहरुबाट केही अपेक्ष नगरी सिधै एक पटक विवेकशील साझालाई भोट दिनुहोस्, हामी गरेर देखाउछौ । गर्न नसके पाँच वर्षपछि हामीलाई हराउनुहोस् मिश्रले आग्रह गरेका छन् ।