बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने


लेखक : लेखापढी      २२ बैशाख २०७९, बिहीबार २१:५६ मा प्रकाशित     
बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही जेठ २ गते नेपाल भ्रमणमा आउने भएका छन् । 

मोदी नेपाल आउने निश्चित भए पनि सार्वजनिक घोषणा हुन भने बाँकी नै छ । औपचारिक घोषणा नभए पनि सरकारले उनको भ्रमणको तयारी भने गरिरहेको छ ।

 सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ। मोदीको भ्रमणका लागि दुबै देशका अधिकारीहरूले व्यवस्था मिलाइरहेका छन् । नेपालका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदी संयुक्त रूपमा मायादेवी मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुने कार्यक्रमकाे तयारी भइरहेकाे श्राेतबाट जानकारी प्राप्त भएकाे छ  ।

बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन् ।