विवेकशील साझा पार्टीकी पूर्व नेतृ रञ्जु दर्शना वैवाहिक जीवनमा बाँधिएकी छिन् ।
गत फागुन ५ गते ‘इन्गेजमेन्ट’ गरेकी उनले बुधबार पारिवारिक समारोहका बीच विवेकशीलकै नेता किशु कुइकेलसँग विवाह गरेकी हुन् ।
वैवाहिक जीवनमा प्रवेश गरेपछि दर्शनाले आफूहरु जीवनको एक सुन्दर अध्यायमा प्रवेश गरेको बताएकी छन् ।
अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी रञ्जु दर्शना यतिबेला राजनीतिक गतिविधिमा सक्रिय छैनन् ।