नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चुनावी कार्यक्रममा आजदेखी ईठ गतेसम्म छ स्थानमा पुग्ने भएका छन् । उनको सचिवचालयले चुनावी कार्यक्रम सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो ।
कार्यक्रमअनुसार उनी वैशाख २२ गते भरतपुर, २३ गते काठमाडौं, २४ गते घोराही दाङ, २५ गते कालीकोट, २६ गते बन्दीपुर र २७ गते जितपुर सिमराको आमसभामा सहभागी हुनेछन् ।
जसअनुसार उनी आमसभाहरूमा सहभागी भइ सम्बोधन गरेर पार्टी र गठबन्धनको पक्षमा माहोल बनाउनेछन् ।