आज एमाले अध्यक्ष ओली सुदूरपश्चिम आउँदै


लेखक : लेखापढी      २२ बैशाख २०७९, बिहीबार १०:४१ मा प्रकाशित     
आज  एमाले अध्यक्ष ओली सुदूरपश्चिम आउँदै

धनगढीः नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओली चुनावी कार्यक्रमका लागि आज (विहीबार)  आज सुदूरपश्चिम आउँदैछन् । उनी चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम आइरहेका हुन् ।

एमालेका उम्मेदवार जिताउन आयोजना हुने स्थानीय तहका आमसभालाई सम्वोधन गर्न अध्यक्ष ओली सुदूरपश्चिम प्रदेश आउनु हुने भएको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका, कैलालीको धनगढी र बर्दगोरियामा आयोजना हुने आमासभाको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले कञ्चनपुरका सचिव पल्लबराज भट्टले बताए।

 एमाले कैलालीका इन्चार्ज नारदमुनि रानाका अनुसार अध्यक्ष ओलीले कञ्चनपुरको बेलौरी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिका र बर्दगोरीया वा लम्कीचुँहा मध्ये एक स्थानमा पनि चुनावी सभालाई सम्वोधन गर्नु हुने छ ।