विप्लवले पार्टी फुटाउने कार्य गरेको आरोपमा चलाउने र लोहनीलाई पार्टीबाट निलम्बन


लेखक : लेखापढी      २२ बैशाख २०७९, बिहीबार १०:२७ मा प्रकाशित     
विप्लवले पार्टी फुटाउने कार्य गरेको आरोपमा चलाउने र लोहनीलाई पार्टीबाट निलम्बन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दुई केन्द्रीय सदस्य्द्वय दीपक चलाउने र गुणराज लोहनीको जिम्मेवारी खाेसेका छन् । पार्टीबाट जिम्मेवारी खोस्ने निर्णय भएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले निकालेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि विप्लवले धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन) लाई पनि पार्टीबाट हटाएका थिए । 

पार्टी फुटाउने, जनक्रान्ति विसर्जन गर्ने कार्य गरेको आरोपसहित नेपाल कम्युनिस्ट पार्टीले दुई केन्द्रीय सदस्यको जिम्मेवारी खोसेको हो।

स्थानीय चुनावको सहभागी हुने वा नहुने विषयमा सन्दर्भमा नेकपामा अन्तरविरोध चर्किएको छ ।