प्रहरीले काठमाडाैंबाट कर्तव्य ज्यान र ज्यान मर्ने उद्योगको फरार अभियुक्तलाई ३ वर्षपछि पक्राउ गरेकाे छ ।
पक्राउ पर्ने “मुण्डा” भन्ने सरोज सुन्दास सिन्धुली कमलामाई न.पा. वडा नं-१० का स्थायी बासिन्दा हुन भने हाल चन्द्रगिरी न.पा. नैकापमा बस्दै आइरहेका थिए ।
प्रहरीका अनुसार तिनकुने गैरीगाँउ स्थित पेट्रोल पम्प नजिक महेश परियार , मनिष बाँनिया र “मुण्डा” भन्ने सरोज सुन्दास समेतले धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेका थिए । महेश परियार र मनिष बाँनियालाई सोही दिन पक्रिए पनि “मुण्डा” भन्ने सरोज सुन्दास फरार रहेका थिए ।
सुन्दास ३ वर्ष भारत बसी विगत २/३ महिना देखि का.जि. नैकापमा लुकिछिपि बसिरहेको सुचनाको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको विशेष प्रहरी टोलीले पक्रिएकाे हाे ।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।
Post Views:
34