रारामा स्विमिङ, मनाङमा बक्सिङ खेलाउने केशब स्थापितको योजना


लेखक : लेखापढी      २२ बैशाख २०७९, बिहीबार १४:२९ मा प्रकाशित     
रारामा स्विमिङ, मनाङमा बक्सिङ खेलाउने केशब स्थापितको योजना

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार केशव स्थापित स्थानिय चुनावको चर्चाको केन्द्रमा रहेका छन् । उनि राजनीतिक स्टनबाजी गरेर बिवादमा आउन रुचाउने ब्याक्ति हुन् भन्दा फरक पर्दैन । स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दिएका बालेन साहको नीजि कुरामा टिप्पणी गरेर पछिल्लो पटक निकै बिवादमा आएका स्थापित फेरी एउटा बेतुकको तर्क गर्दै दुनियालाई हसाउँदै आएका छन् ।

मुगुको रारा तालमा त्यहाँका स्थानियले पौडि खेलेको आफुले देखेकोले विश्वका मानिसलाई रारामा स्विमिङ कम्पिटिसन गराउने, कहिलेइ त्यस्तो चिसोमा नखेलेका बिदेशीहरुको मशल्श चिसोका कारण तुरुन्तै फुस्किन्छ र हाम्रा मान्छेले कम्पिटिसन जित्छन् । लाखौं डलर पुरस्कार रहेको कम्पिटिसनमा सबै गोल्ड मेडल हाम्रा मानिसले जित्छन् डलर पनि हाम्रै हातमा भनेर हसाँईरहेका छन् ।

स्थापितको बेतुकको कुरा यत्तिमै रोक्किएको छैन । उनले हाई अल्टिच्युड लाग्ने मनाङ जस्तो ठाउँमा लगेर अन्तराष्ट्रिय बक्सिङ कम्पिटिसन पनि गराउने र बिदेशी जहाँ जाँदा तिरीमीरी हुँदै एउटै मानिस तिनवटा देख्छन् त्यस्तोमा लगेर बक्सिङ खेलायो भने पनि हाम्रै मानिसहरुले जित्छन् भएका गोल्ड मेडल सबै हाम्रै हातमा हुनेछन् भन्दै बेफ्वाँकको तर्क गरेर स्थानिय चुनावको मुखमा भाईरल भइरहेका छन् ।

बिवादमा नआउने पनि केशब स्थापित हुन्छ र भन्दै हिड्ने गरेका स्थापितले नेसनल कलेज काठमाडौंले आयोजना गरेको एउटा बहस कार्यक्रममा प्रश्नकर्तालाई ‘यु आर नाईस लेडि बट थुतुनो ठिक छैन’ भनेर अभिव्यक्ति दिएपछि महिलाका विभिन्न ४५ संघ सस्थाहरुले कार्वाहीको माग राख्दै उनका विरुद्ध संयुक्त विज्ञप्तिनै जारि गरेका थिए । यस्तै-यस्तै बिवादका कारण उनलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण समेत सोधिसकेको छ ।