जनताको मन मुटु संग गठबन्धन गरका छौँ; अरु पार्टी जस्तो झुटो आस्वासनको खेति म गर्दैन: दिपक बहादुर सिंह


जनताको मन मुटु संग गठबन्धन गरका छौँ; अरु पार्टी जस्तो झुटो आस्वासनको खेति म गर्दैन: दिपक बहादुर सिंह

हेटौडा- स्थानीय तहको निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौडा उपमहानगरपालिका मेयर पदका उम्मेदवार दिपक बहादुर सिंह हाल ससक्त दाबेदारको रुपमा देखिएका छन् ।  हेटौडामा राप्रपाबाट मेयर उमेदवार सिंहलाई लोकप्रिय एबं कडा प्रतिस्पर्धीको रुपमा हेरिएको छ । तत्कालीन जिल्ला विकास समितिको सभापति हुँदा समेत हेटौंडाको विकासमा ठुलो योगदान रहेको जनाएको छ। 

सिंहले भने- आफु निर्वाचित भए कुनै सरकरी तलब सुबिधा नलिने बरु उल्टै त्यस तलब भत्तामा दुईगुणा थपेर गरिब,असाय बालबालिकाहरुलाई पढाउने पनि घोषणा गरेका छन् ।  सत्तागठबन्धन प्रति टिप्पणी गर्दै उनले भने ” हामीले पनि गठबन्धन गरेका छौ, हामीले हाम्रो जनता संग गठबन्धन गरेका छौँ , जनताको मन मुटु संग गठबन्धन गरका छौँ । हामीले अरु दलहरु जस्तो झुटो आस्वासनको खेति गर्दै हिडेका छैनौ ” । जनताको सेवामा निस्वार्थ कार्य गरेर देखाउछौ । 

भ्रस्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो,त्यसैले म आफु पनि भ्रस्टाचार गर्दिन र अरुलाई पनि भ्रस्टाचार गर्न नदिने र हेटौडा नगरलाई भ्रस्टाचार मुक्त नगर बनाउने उनले आफ्नो प्रतिबद्दता बताए । 

सिंहले आफूले चुनाव जित्ने दावी गर्दै भने  ‘म भ्रष्टाचार र सुशासनको पक्षमा छु, उपमहानगरको बेथिति अन्त्य गर्न मेरो जित आवश्यक छ’, उनले भने, ‘कांग्रेस, एमालेलाई अब हेटौंडाबासीले पत्याउने अवस्था छैन ।’