प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउँदै, धनगढी र डडेल्धुरामा सम्बोधन गर्ने


लेखक : लेखापढी      २१ बैशाख २०७९, बुधबार १४:५१ मा प्रकाशित     
प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउँदै, धनगढी र डडेल्धुरामा सम्बोधन गर्ने

धनगढी- स्थानीय तह निर्वाचन प्रचारप्रसारका लागि लागि कांग्रेस सभापति एबं प्रधानमन्त्री शेरबहादुर देउवाले देश दौडाह गर्ने भएका छन् । कांग्रेस र गठबन्धन जिताउन देउवासहित पार्टीका शीर्ष नेताहरूले विभिन्न स्थानमा हुने सभालाई सम्बोधन गर्ने पौडेलले बताएका हुन् । 

देउवाले वैशाख २१ गते मोरङको विराटनगर, वैशाख २२ गते चितवनको भरतपुर, वैशाख २३ गते काठमाडौंमा सम्बोधन गर्ने छन् । यस्तै, वैशाख २४ गते बिहान ११ बजे रूपन्देहीको वुटवल तथा सोही दिन मध्याह्न साढे १२ बजे तनहुँको दमौली, दिउँसो २ बजे धनुषाको जनकपुरमा सम्बोधन गर्ने छन् ।

उनले वैशाख २५ गते बिहान ११ बजे कास्कीको पोखरा, दिउँसो २ बजे दाङको तुलसीपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने छन् । मुख्य सचिव पौडेलकाअनुसार सभापति देउवाले वैशाख २६ गते कैलालीको धनगढी तथा बैशाख २७ गते गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। 
बिज्ञप्ति मार्फत सार्बजनिक कार्यतालिका: