प्रधानमन्त्री देउवा आज चितवन जाने, भोलि संयुक्त चुनावी सभा सकेर फर्किने तयारी


लेखक : लेखापढी      २१ बैशाख २०७९, बुधबार १३:२५ मा प्रकाशित     
प्रधानमन्त्री देउवा आज चितवन जाने, भोलि संयुक्त चुनावी सभा सकेर फर्किने तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आजै चितवन जाने भएका छन् ।

भोलि हुने संयुक्त चुनावी सभालाई सम्बोधन गर्न उनी जान लागेको बताइए पनि कांग्रेसका तर्फबाट मेयरमा उमेदवारी दिएका जगन्नाथ पौडेलसहितका नेता कार्यकर्तालाई फकाउन त्यसतर्फ जान लागेको स्रोतले जनाएको छ । असन्तुष्ट नेता तथा कार्यकर्तालाई भेट्ने तयारी स्वरुप प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन् । 

चितवन जिल्ला सभापति राजेश्वर खनालले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा दिउसो ४ बजे चितवन पुग्ने कार्यक्रम रहेको बताए ।