त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल ८ वटा ‘बम छ’ भन्ने फोन, अनुसन्धान पछि हल सुचारु


त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल ८ वटा ‘बम छ’ भन्ने फोन, अनुसन्धान पछि हल सुचारु

काठमाडौं । काठमाडौं स्थित त्रिभुवन विमानस्थलको टर्मिनल ड्युटी अफिसर (टीडीओ) कार्यालयमा बुधबार बिहान ९ बजेर ४५ मिनेट जाँदा बिनास्थालमा बम राखिएको फोन आयो । फोन गर्ने व्यक्तिले- आन्तरिक टर्मिनलमा ८ वटा बम राखिएको छ, एकघण्टाभित्र पड्किन्छ तुरुन्त खाली गर्नू भन्यो।

‘तपाईं कहाँबाट को बोल्नुभयो’ भनेर प्रश्न गर्न नभ्याउँदै फोन राखियो अर्को नम्बरबाट फोन आयो त्यही भनियो ।

त्यसपछि विमानस्थल कार्यालयमा रहेका प्रहरीलाई तत्कालै खबर भयो ।

दोस्रो फोन ९ बजेर ४६ मिनेट जाँदा अर्थात् पहिलो फोन आएको एक मिनेटभित्रै अर्को फोन आएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जारी दिए । ठाकुरका अनुसार ९ बजेर ५१ मिनेट जाँदा अर्को फोन आयो, विमानस्थलमा बम रहेको भनेर त्यो फोनमा पनि भनियो ।

ठाकुरले दिएको जानकारीअनुसार तीनवटै नम्बर विदेशी हुन् । फरक फरक देशबाट आएका छन् ।

उनका अनुसार मलेसिया, अष्ट्रेलिया र अर्को देशको नम्बरसँग मिल्दो नम्बरबाट फोन आएको छ । अहिले ती नम्बरहरु लिएर अनुसन्धान सुरु भइसकेको छ ।

“यसको डिटेल अनुसन्धान हुँदैछ,” उनले भने, “साइबर एक्स्पर्ट लागिरहनुभएको छ । फोन गर्नेले डोमेस्टिक टर्मिनलमा बम छ भन्यो । हामीले तुरुन्त खाली गरायौँ । सेनाको बम डिस्पोजल टोली र प्रहरीको कुकुरले अनुसन्धान सुरु गर्‍यो । कुना कुनामा खोजी गर्दा पनि भेटिएन । त्यसपछि ११ बजेर १० मिनेट जाँदा विमानस्थल सुरु गरियो । अहिले राम्रोसँग सुचारु भएको छ ।”