समृद्ध र विकसित त्रियुगा निर्माणका लागि मेयरमा मेराे उम्मेदवारीः हरि बहादुर राउत


लेखक : लेखापढी      २१ बैशाख २०७९, बुधबार १२:३० मा प्रकाशित     
समृद्ध र विकसित त्रियुगा निर्माणका लागि मेयरमा मेराे उम्मेदवारीः हरि बहादुर राउत

बैशाख ३० गते हुने  स्थानीय निर्वाचनको सरगर्मी देशभरी नैं बढिरहेको समयमा ठुला दल र चर्चा बटुलेका उम्मेद्वार मात्र नभएर अन्य दल एवम् स्वतन्त्र तर वास्तविक रुपमा काम गर्ने नेता तर्फ पनि ध्यान केन्द्रीत हुँदै गइरहेकाे छ ।   उदयपुर जिल्लाको त्रियुगा न.पा. मा पनि यसको एक उदाहरण हो, जहाँ राष्ट्रिय प्रजातन्त्र पार्टिबाट मेयरमा हरि वहादुर राउतको उम्मेदवारी विशेष चर्चामा रहेकाे छ ।

राप्रपा उदयपुरको भेलामा तत्कालिन राजनीतिक को बिषयमा आफ्नो विचार राख्दै हरि बहादुर राउत Hari Bd Raut

 

स्वच्छ छवी, समाज प्रति जिम्मेवार र अनुभवी राउतको उम्मेद्वारी समृद्ध र विकसित त्रियुगा निर्माणको यात्रा तर्फ उन्मुख रहेको जनमानसमा विश्लेषण हुन थालेकोे छ । राउते प्रतिज्ञा पत्रमा भ्रष्टाचार निर्मुल पार्ने, आफ्नै तलबबाट  वृद्धभत्ता बढाउने , धर्म संस्कृतिको उचित कदर र संरक्षण गर्ने, भूमिहिनलाई लालपूर्जा उपलब्ध गराउने, बाढी तथा कटानका समस्या समाधान गर्ने, कृषिलाई औद्योगिकरण गर्ने, पर्यटन प्रवर्धन गर्ने कुनै कमी नगर्ने, आवश्यक ठाउँमा बाटोघाटो, पुल लगाएत निर्माणमा लागि पर्ने, शिक्षा स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्ने लगायत विषयहरू प्रमुख रहेका छन् । त्रियुगा नगरपालिका लागि यी  मुद्दाहरू दुरदर्शी र समय सापेक्ष रहेको देखिन्छ ।

रा.प्र.पा.मा युवाहरुको आकर्षण र बढ्दो प्रभावले गर्दा त्रियुगा न.पा. मा पनि निकै आशा पलाएको र नगरको वास्तविक विकास गर्ने आफ्नो प्रयासमा जनताले विश्वास गरेर पक्कै पनि मतदान गराउने आशा रहेको राउतले लेखापढी डटकमलाइ बताउनुभयाे । राउतले देश र जनताको भलोमा यो पटक भोट हलोमा भन्दै उदयपुरे महिला मित्रता समुहबाट मेयर पदका प्रत्यासी हरि बहादुर राउत लाई समर्थन भइरहेकाे समेत बताए ।