अज्ञात व्यक्तिले बम राखेको सूचनापछि बन्द भएको त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फको हवाई उडान पुनः सुचारु हुँदै छ । बम रहेको हल्लाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरण एक घण्टासम्म बन्द भएको थियाे ।
बुधबार बिहान त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल ड्युटी अफिसर (टीडीओ) बस्ने कार्यालयमा पाकिस्तानी नम्बरबाट थ्रेट कल आएपछि आन्तरिक उडान रोकिएको हो ।
सर्च अपरेसन नसकिन्जेलसम्म यात्रुहरुलाई आन्तरिक टर्मिनलबाट बाहिर निकालिएको थियो । सूचनापछि यात्रुलाई बाहिर निकालेर सर्च गरिएको थियो ।
बम नभएको पुष्टि भएपछि यात्रुहरुलाई पुन: प्रवेश गर्न दिइएको छ ।