स्थानिय तहमा भएका समस्याको निराकरण गर्न राजनीतिमा आएको हुँ : भुपेन्द्र चन्द


लेखक : लेखापढी      २१ बैशाख २०७९, बुधबार १८:३९ मा प्रकाशित     
स्थानिय तहमा भएका समस्याको निराकरण गर्न राजनीतिमा आएको हुँ : भुपेन्द्र चन्द

दैलेख। शिक्षण पेशाबाट अवकाश लिएर राजनीतिमा आएका भुपेन्द्र बहादुर चन्द गुराँस गाउँपालिका-५ को वडाअध्यक्षमा उमेदवारी दिएका छन् । चन्दले नेपाल कम्यनिष्ट पार्टी एमालेबाट आफ्नो उम्मेदवारी दिएका हुन् ।

चन्द सर पार्वती माबीमा लामो समय शिक्षण पेशामा रहनु भयो । आफ्नो कर्तव्यमा कहिले बिचलन नहुने उहाँबाट प्रशिक्षित विध्यार्थी कमल बहादुर खत्री बताउछन् । यस्तै बौद्धीक व्याक्तित्व मुल धारको राजनीतिमा आउनु पर्ने थियो, चन्द सर ढिला चाँडो राजनीतिमा आउनुभयो उहाँलाई सपोर्ट गर्नु पर्ने हामी वडावासीलाई राजनैतिक र नैतिक दवाफ परेको छ । हामीले हाम्रोलाई भन्दा राम्रोलाई अर्थात पार्टी भन्दापनि योग्य, निष्ठावान राजनीतिक कर्म गर्ने व्याक्तिलाई जिताउनु पर्दछ खत्री भन्छन् ।

लामो समय शिक्षण पेशामा लागियो, मैले अध्यापन गराएका विध्यार्थीहरु पनि विभिन्न पेशा र राजनीतिमा राम्रो पहुँच बनाएकोमा गर्व महशुस हुन्छ । आफ्नो वडामा विभिन्न समस्याहरु देखेको अब तिनको निराकरण गर्न कति अरुको आलोचना गर्ने भनेर आफै राजनीतिना आए, वडाअध्यक्षका उम्मोदवार चन्द भन्छन् ।

वडामा खाने पानीको समस्या छ, एक घर एक धारा, खेतिपाती गर्न सिञ्चाईँको जरुरी पर्ने भएकोले पोखरीहरु निर्माण गरि सिञ्चाईँको स्थाई व्यवस्था गर्ने प्रतिवद्धता गरेको छु, चन्दले भने । बृद्ध भत्ता बुझ्न बृद्ध-बृद्धालाई बैंकसम्म पुग्न गाह्रो छ, त्यसैले उहाँहरुलाई घरदैलोमा भत्ता पुर्याउने देखि बाटो, पुल निर्माण, स्वास्थ्यका विषयमा साथै महिला स्वास्थ्य स्वंयम सेविकाहरुलाई प्रोत्सान भत्ता र खेलकुद तथा शिक्षा क्षेत्रमा अझैं धेरै राम्रा काम गर्ने प्रतिवद्धता लिएको छु ।

कृषि प्रणाली र बजार व्यवस्थापन लगायत पशुपालन, कृषिमा अनुदान तथा बृक्ष रोपण जस्ता कार्यमा पनि मैले आफ्ना वडावासीहरुलाई अग्रसरताका साथ कार्य गर्ने प्रतिवद्धता ब्यक्तगरेको छु, चन्दले भने । भ्रष्टाचरलाई शून्य सहनशिलता अपनाएको पनि आम वडावासीहरुमा जाहेर गर्दछु, उनले भने ।